नियम
कोषको प्रयोग

४. कोषको प्रयोगः

कोषमा जम्मा भएको रकम देहायको कार्यको लागि खर्च गरिनेछः–

(क) दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पतिको संरक्षण गर्ने,
(ख) दैवी प्रकोपबाट पीडित व्यक्तिको तत्कालीन राहतका लागि अस्थायी शिविर खडा गर्ने,
(ग) दैवी प्रकोपबाट पीडित व्यक्तिको भरणपोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ता कपडा, औषधि, शैक्षिक सामग्री जस्ता अत्यावश्यक वस्तु खरिद गर्ने,
(घ) दैवी प्रकोपको कारणबाट घाइते वा विरामी भएको व्यक्तिको औषधि उपचार गर्ने,
(ङ) दैवी प्रकोपको कारणबाट देहावसान भएका व्यक्तिको काजक्रिया वा सदगतका लागि मृतकका आफन्तका लागि आर्थिक सहायता गर्ने,
(च) दैवी प्रकोपको कारणबाट भएको फोहोरमैला तथा प्रदुषणको विसर्जन (डिस्पोजल) गर्ने,
(छ) दैवी प्रकोपबाट पीडित व्यक्तिको अस्थायी रुपमा आश्रयस्थल बनाउने वा पुनस्र्थापना गर्ने,
(ज) दैवी प्रकोपबाट पीडित व्यक्तिको आवासीय घर वा निजको पेशास“ग सम्बन्धित औजार, वर्कशप मर्मतका लागि आर्थिक सहायता प्रदान गर्ने,
(ञ) दैवी प्रकोप रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पूर्वसावधानी अपनाउने वा पूर्व तयारी (प्रिपेयर्डनेश) गर्ने ।